Kathmandu Press

संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन ः गृहमन्त्री

काठमाडौं, माघ १८ : गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन्। गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको...
संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन ः गृहमन्त्री
फाइल तस्बिर

काठमाडौं, माघ १८ : गृहमन्त्री बालकृष्ण खाणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन्। 

गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए । 

यु्नियनले विभिन्न सरकारी कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि कानुन विपरीतका कार्य भइरहेको भन्दै कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

‘सरकारको दायित्व संविधान र कानुनको पालना गर्नु हो,’ गृहमन्त्री खाणले भने, ‘कानुन विपरीतका काम गर्नेलाई कारबाही हुन्छ, त्यसमा हामी अनुसन्धान गरिरहेका छौँ,’ मन्त्री खाणले भने। 

उनले राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने काम कसैबाट हुन नहुने बताए। युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले महोत्तरी, धनकुटा, कैलाली, बझाङ, पर्सा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा राष्ट्रसेवक कर्मचारीमाथि भएका गैर न्यायिक घटनाका दोषीलाई कानुन अनुरुपको कारवाहीको माग गरेको थियो। 

डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितलगायतमाथि भएको दुव्र्यवहारको विरोध गर्दै युनियनले कारबाहीका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । ‘असहमतिका विषय भए छलफल र कानुनी रुपमा समाधान गर्न सकिनेमा कानुन नै हातमा लिएर भएका गैर न्यायिक कार्य उपर सरकारले शान्ति सुरक्षाका लागि आफ्नो दायित्व र कर्तव्य  निर्वाह गर्ने प्रतिबद्धता व्यक्तिः गरोस्,’ युनियनले गृहमन्त्रीलाई दिएको ज्ञापनपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्