स्वास्थ्यमन्त्री खतिवडालाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौं, माघ १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन युवा संघ...काठमाडौं, माघ १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मन्त्री खतिवडालाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो। कोरोनाविरुद्धको खोप चोरी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दैै युवासंघको टोली ब्यानरसहित अख्तियार पुगेको थियो।
२४ लाख डोज खोप हराएको सार्वजनिक भएपछि संघले मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिएको हो। संघले अख्तियारमा दिएको उजुरीमा स्वास्थ्यमन्त्री खतिवडाले करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको र यस कार्यमा संलग्न मन्त्री र अन्य व्यक्तिको छानविन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही को माग गरिएको छ।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











