निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा
काठमाडौं, माघ १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न तीन बजे बालुवाटारमा आयोगका पदाधिकारीले प्रधानमन्त्री...
काठमाडौं, माघ १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न तीन बजे बालुवाटारमा आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेका हुन्।
‘दिउँसो तीन बजे प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदैछ,’ प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेससँग भने।
भेटमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।
निर्वाचन आयोगले यसअघि पटकपटक सरकार समक्ष निर्वाचन मिति तोक्न आग्रह गर्दै आएको छ। आयोगले १६ दलसँग संयुक्त रुपमा छलफल गरी स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार जेठभित्रै गर्नुपर्नेमा जोड दिएको थियो।
सत्तारुढ गठबन्धन दलमा निर्वाचन मितिबारे सहमति जुट्न नसकेपछि सरकारले निर्वाचन मिति घोषणा गर्न सकेको छैन। प्रधानमन्त्री देउवा भने संविधानले तोकेकै समयमा निर्वाचन हुने बताउँदै आएका छन्।











