Kathmandu Press

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन 

काठमाडौं, माघ १८ : पूर्व सहायक मन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ। रोल्पाको गजुलमा बस्दै आएका ८३ वर्षीय सुवेदीको मंगलबार बिहान निधन भएको हो। उनी...
पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन 

काठमाडौं, माघ १८ : पूर्व सहायक मन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ। रोल्पाको गजुलमा बस्दै आएका ८३ वर्षीय सुवेदीको मंगलबार बिहान निधन भएको हो। 

उनी लामो समयदेखि दपका बिरामी थिए।  विगत एक दशकदेखि उनी जन्म गाउँमै बसेर सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । २

०३५ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित उनी सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा भूमि सुधार सहायकमन्त्री भएका थिए ।  

पछिल्लो समय कांग्रेसमा आबद्ध उनी त्यसअघि राप्रपाको राजनीतिमा सक्रिय थिए ।  

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्