Kathmandu Press

भारतमा १ लाख ६७ हजार बढी कोरोना संक्रमित थपिए 

नयाँदिल्ली, माघ १८ :  भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४...
भारतमा १ लाख ६७ हजार बढी कोरोना संक्रमित थपिए 

नयाँदिल्ली, माघ १८ :  भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । 

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले  मङ्गलबार जनाएको छ ।
 
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन । पछिल्लो एक दिनमा भारतमा  एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ।  
 
मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यसैसंगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, माघ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्