Kathmandu Press

पुल्चोकमा सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुले देखायो कालो झण्डा

काठमाडौं, माघ १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाइएको छ। पुल्चोकस्थित मन्त्री क्वार्टरबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले...
पुल्चोकमा सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुले देखायो कालो झण्डा

काठमाडौं, माघ १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाइएको छ। मन्त्री कार्की पुल्चोकस्थित  क्वार्टरबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्वद्ध अनेरास्ववियूका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्।

स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै अनेरास्ववियूले मंगलबार बिहान मन्त्री क्वार्टरअगाडि प्रदर्शन गरेको थियो। मन्त्री बाहिरिने बित्तिकै कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्। 

उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी गरेका थिए। एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरेपछि एमालेले आन्दोलन गर्ने चेतावनी दिएको थियो । सोहीअनुरुप कार्यकर्ताहरुले सरकारलाई दबाव दिनका लागि आन्दोलन गरेको हुन्। 

एमालेले पनि जेठभित्र स्थानीय तह निर्वाचन गर्नुपर्ने बताइरहेको छ। निर्वाचन आयोगले पनि पटकपटक सरकारलाई निर्वाचन मिति घोषणा गर्न दबाब दिँदै आइरहेको छ। सत्तागठबन्धन भने स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने तयारीमा छ।

 

प्रकाशित मिति: ११:०३ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्