Kathmandu Press

पश्चिम वायुको प्रभाव, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, माघ १८ : पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
पश्चिम वायुको प्रभाव, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, माघ १८ : पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहको छ। बुधबार रातिदेखि यसको प्रभाव बढ्ने महाशाखाले जनाएको छ।

आज पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाको आकलन छ।

त्यस्तै, आज राति राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्