ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तनहुँ, माघ १८ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
लु १ ख ९८३२ नम्बरको ट्रकलेग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











