Kathmandu Press

यही माघ २१ गतेभित्र खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं, माघ १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख...
यही माघ २१ गतेभित्र खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं, माघ १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । 

कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको समितिका संयोजक डा.गुणराज लोहनीले जानकारी दिए । 

समितिले यही माघ २१ गते दिउँसो ४ बजेभित्र सबै खोपको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्रालयले खोपको यकिन तथ्याङ्क नभेटिएपछि आइतबार मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्