Kathmandu Press

छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग 

काठमाडौं, माघ १७ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव...
छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग 

काठमाडौं, माघ १७ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिएकी छन् ।

सोमबार नेकपा (एमाले) को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने भन्दै  दवाव दिएकी हुन् । उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् । 

सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भएपनि संसदमा दर्ता हुनेरनहुने एकिन नभएको बताए । एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

अर्यालले भनिन्– ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन । अहिले त्यो कुनै एकिन छैन । त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता दर्ता हुन्छ, त्यो बेला नेकपा (एमाले) ले आफ्नो पोजिसन क्लियर गर्नेछ ।’


 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्