सोमबार र मंगलबार गरी थप २३ लाख ४० हजार मोर्डना खोप आउँदै
काठमाडौं, माघ १७ : नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप आउने भएको छ । विश्व बैंकको ऋण सहयोगमा...
काठमाडौं, माघ १७ : नेपालमा थप २३ लाख ४० हजार मात्रा कोभिड १९ विरुद्धको मोर्डना खोप आउने भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार मात्रा मोर्डना खोप नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार साँझ साढे ७ बजे ११ लाख ७० हजार मात्रा खोप आउँदैछ भने मंगलबार बिहान ९ बजे पनि सोही संख्यामा खोप आउने छ ।
प्रकाशित मिति: १८:१७ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











