Kathmandu Press

उपचार नपाएर मानवीय क्षति हुन नपाओस् भन्ने हाम्रो चाहना : मेयर शाक्य 

काठमाडौं, माघ १७ : काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गरेको छ।आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त...
उपचार नपाएर मानवीय क्षति हुन नपाओस् भन्ने हाम्रो चाहना : मेयर शाक्य 

काठमाडौं, माघ १७ : काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गरेको छ।

आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गरेका हुन्।

त्यस अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक केसीसहित पदाधिकारी सहभागी थिए। 

त्यसक्रममा बोल्दै मेयर शाक्यले, उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताए।

‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर प्रदान गर्‍यौं। आइसोलेसन र कोविड अस्पताल चलायौं। त्यसैगरी विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई सहयोग गर्‍यौं। हामीले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएका छौं।’

त्यसक्रममा मेयर शाक्यले, सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि विरामीमा विश्वाश बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्छ। शिक्षण अस्पताल त्यही मार्गमा जाने मैले विश्वास लिएको छु।’ 

त्यस क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको अनुभव सुनाए। ‘महानगरको प्रयास महत्वका दृष्टिले उत्कृष्ट छ। यसबाट शिक्षण अस्पतालमा आउने बिरामीले तत्काल सेवा पाउनेछन्।’

काठमाडौं महानगर अन्य पालिकाको पनि अभिभावक हो। त्यसैले हामीले महानगरबासीसँगै देशबासी सबैमा सेवाको क्षमता पुग्ने गरी सहयोग गरेका छौं। त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘सीटी स्क्यान मेसिनको उपयोगबाट धेरै विरामीले सरल सेवा पाउनेमा विश्वस्त छु।’

सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालबीच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो। सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो।

फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ। स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ। सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो। 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. दिव्यासिंह शाहकाअनुसार आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार हो।

‘दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन,’ भने। शाहले विगत २ वर्षदेखि सिटी स्क्यानविहीन भएको अस्पताललाई काठमाडौं महानगरले सहयोग ग¥यो। यो सहयोग अतुलनीय छ।’

अस्पतालकाअनुसार अत्याधुनिक यो मेसिनले व्यक्तिको समस्यालाई स्वचालित रुपमा पहिचान गरेर रिपोर्ट दिन्छ। 
 

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्