‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरी बुद्ध होलिडेजको आकर्षक प्याकेज
काठमाडौं, माघ १७ : कोरोना महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक होलिडे प्याकेज ल्याएको छ। कम्पनीले प्रणय...
काठमाडौं, माघ १७ : कोरोना महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक होलिडे प्याकेज ल्याएको छ।
कम्पनीले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी विभिन्न गन्तव्यमा प्याकेजसहितको अफर ल्याएको हो। पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुध्द एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।
बुध्द होलिडेजले अहिलेसम्म ३ हजार आठ सय स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पु¥याएको छ ।
युवा वर्गलाई लक्षित गरि ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ ।
यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थय मापदण्ड अपनाई प्याकेजको आनन्द लिन आग्रह गरेको छ।
काठमाडौंबाट विभिन्न गन्तव्यका लागि यस्तो छ प्याकेज :
पोखरा प्याकेज : रु. ६,९९९ (प्रति व्यक्ति)
चितवन प्याकेज : रु. ९,९९९ (प्रति व्यक्ति)
पोखरा प्याकेज
भैरहवाबाट : रु. ७,९९९ (प्रति व्यक्ति)
चितवनबाट : रु. ७,९९९ (प्रति व्यक्ति)
सिमराबाट : रु. ८,९९९ (प्रति व्यक्ति)
नेपालगञ्जबाट : रु. ९,९९९ (प्रति व्यक्ति)











