Kathmandu Press

उपत्यकामा संक्रमितको संख्या निरन्तर घट्दो, आज थपिए १३६१ जना

काठमाडौं, माघ १७ : पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७२२ जनामा कोरोना...
उपत्यकामा संक्रमितको संख्या निरन्तर घट्दो, आज थपिए १३६१ जना

काठमाडौं, माघ १७ : पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै १ हजार ३६१ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः २७१ र ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

आइतबार काठमाडौं उपत्यकामा १ हजार ७७८ संक्रमित थपिएका थिए। त्यसअघि शनिबार १ हजार ८२०, शुक्रबार २ हजार ९३९ र बिहीबार ३ हजार १४३ जनामा संक्रमण पुष्टि भएको थियो।  

उपत्यकामा नयाँ संक्रमितको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घटिरहेको छ।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४०६ पुगेको छ। तीमध्ये काठमाडौंमा ३२ हजार १७, ललितपुरमा ९ हजार ९०७ र भक्तपुरमा ५ हजार ४८२ जना छन्।

आइतबार उपत्यकामा सक्रिय संक्रमितको संख्या ५० हजार ८११ थियो। त्यसअघि शनिबार ५२ हजार ७६४, शुक्रबार ५४ हजार ३५ र बिहीबार ५४ हजार ८६३ सक्रिय उपत्यकामा थिए।  

सोमबार देशभर ५ हजार २९२ जना संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ।

प्रकाशित मिति: १७:४० बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्