Kathmandu Press

चौबिस घन्टाको अवधिमा संक्रमित भन्दा निको हुनेको संख्या बढी 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।  
चौबिस घन्टाको अवधिमा संक्रमित भन्दा निको हुनेको संख्या बढी 

काठमाडौं, माघ १७ : बितेको २४ घन्टाको अवधिमा कोरोनाको नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।  सोमबार देशभर ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको हो भने ५ हजार  ७२० नमूनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो। 

आज ८ जना संक्रमितको निधन भएको छ। 

योसंगै देशभर कोरोना  संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ५३ हजार ९१३ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २८ हजार ७५५ पुगेको छ। त्यस्तै निको हुनेको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ। 

हालसम्म ११ हजार ७४३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। 

सोमबार देशभर ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ७७ हजार ६६५ जना होम आइसोलेसनमा छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य २८८ जना आइसीयूमा, ५० जना भेन्टिलेटरमा र १४१ जना क्वारेन्टिनमा रहेका छन्। 

सोमबार देशभर ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।  

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्