Kathmandu Press

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञको उन्मुक्ति खोसिने

काबुल, माघ १४ : संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।यस मामिलासँग...
अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञको उन्मुक्ति खोसिने

काबुल, माघ १४ : संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।

यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए अनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्यूजले जनाएको छ। अमेरिकामा रहेका अफगान कूटनीतिज्ञहरूलाई  यस हप्ताको शुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो। 

अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ।

यद्यपि, एक अज्ञात कूटनीतिज्ञले अल अरबियालाई भने, 'उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन्,' पजवोक अफगान न्यूजले उल्लेख गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिवानद्वरा काबुल नियन्त्रणपछि वाशिंगटनको यो कदम छ करिब महिनापछि आएको हो।

तालिबानलाई संयुक्त राज्य अमेरिका सहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।

प्रकाशित मिति: १६:५५ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्