कर्णाली प्रदेशसभाको आज बस्ने भनिएकाे बैठक स्थगित

सुर्खेत, माघ १७ : कर्णाली प्रदेशसभाको आज (सोमबार) का लागि बोलाइएको बैठक स्थगित गरिएको छ।
विशेष कारणले आज १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।
अर्को बैठक भोलि (मंगलबार) १ बजेका लागि बोलाइएको उनले बताए। यद्यपि दलहरुबीच बैठक सञ्चालनबारे छलफल भइरहेको बताइएको छ।
संसदीय दलका नेताहरू एमालेका यामलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र कांग्रेसका तर्फबाट मुख्यमन्त्रीसमेत रहेका नेता जीवनबहादुर शाहीबीच छलफल भइरहेको छ।
प्रकाशित मिति: १६:३५ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











