राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, माघ १७ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष...
काठमाडौं, माघ १७ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका छन्।
राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











