Kathmandu Press

रिलिज अघि नै ‘एलिटा : ब्याटल एन्जल’ नेपाली हलमा

काठमाडौं, माघ २० : जेम्स क्यामरुनका फिक्सन एक्सन फिल्मका नेपाली दर्शकलाई खुशीको खबर छ । उनी निर्मित पछिल्लो फिल्म ‘एलिटा : ब्याटल एन्जल’ अ....

रिलिज अघि नै ‘एलिटा : ब्याटल एन्जल’ नेपाली हलमा

काठमाडौं, माघ २० : जेम्स क्यामरुनका फिक्सन एक्सन फिल्मका नेपाली दर्शकलाई खुशीको खबर छ । उनी निर्मित पछिल्लो फिल्म ‘एलिटा : ब्याटल एन्जल’ अमेरिका रिजिल हुनुभन्दा पहिले नेपालमा हेर्न पाइने भएको छ ।

यो फिल्म भ्यालेन्टाइनका दिन फागुन २ (फेब्रुअरी १४)मा रिलिज हुँदैछ । नेपाली दर्शकले भने माघ २७ (फेब्रुअरी १०) मै हेर्न पाउने भएका छन् । यो फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले ‘पेड प्रिभ्यू’ सो आयोजन गर्न लागेको हो ।

Hardik ivf

यो एक एक्सक्लुसिभ प्रिमियर हुने छ । जसमा दर्शकले पाँच सय रुपैया खर्चेर फिल्म हेर्न पाउने छन् । ‘पेड स्निक प्रिभ्यू’ नाम दिइएको यो सोका लागि क्यूएफएक्सको लबिम र छायाँ हलमा टिकट पाइने छ ।
एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठका अनुसार सामाजिक संजालमा लोकप्रिय सेलेब्रिटी, उद्यमी, मिडियकर्मी र फ्यानलाई फिल्म देखाइने छ ।

क्यामरुन र जोन लेन्डु निर्मित फिल्मलाई सिन सिटी निर्देशक रोबर्ट रोड्रिग्युजले निर्देशन गरेका हुन् । जापानी मंगा कलाकार युकितो किसिरोले सन् १९९० मा सिर्जना गरेको गम नामक साइबरपंक सिरिजमा आधारित छ ।

स्मरणशक्ति गुमाएकी र फोहोरको थुप्रोमा भेटिएकी एक किशोरीलाई कसरी एक साइबरनेटिक चिकित्सकले जीवनदान दिन्छन् र स्मरणशक्ति फिर्ता पाएपछि ति किशोरीले गर्ने खतरनाक जीवनयात्रा फिल्मको कथाबस्तु हो । जेम्स क्यामरुनले नै पटकथा लेखेका हुन् ।

फिल्ममा रोजा साल्जार, क्रिस्टोफर वाल्ट्ज, जेनिफर कोन्ली, मार्सल्ला अली लगायतका कलाकरहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, माघ २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्