Kathmandu Press

त्रिविले राेकिएका सबै परीक्षा आगामी फागुनमा लिने

काठमाडौं, माघ १७ : कोरोनाका कारण रोकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा आगामी फागुनमा हुने भएको छ।त्रिवि पदाधिकारीको आज (सोमबार) बसेको बैठकले यही माघ...
त्रिविले राेकिएका सबै परीक्षा आगामी फागुनमा लिने

काठमाडौं, माघ १७ : कोरोनाका कारण रोकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा आगामी फागुनमा हुने भएको छ।

त्रिवि पदाधिकारीको आज (सोमबार) बसेको बैठकले यही माघ ९ बाट रोकिएका विभिन्न संकायका परीषा आगामी फागुनमा गर्ने निर्णय गरेको हो।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। त्यसकारण स्थगित गरिएका र लिन बाँकी रहेका सम्पूर्ण परीक्षा फागुनमा सञ्चालन गरेर सक्ने तालिका सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कोरोना संक्रमणको तेस्रो लहर बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलगायतले जारी र हुन लागेका परीक्षा स्थगित गरेका थिए।

प्रकाशित मिति: १६:१० बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्