Kathmandu Press

ट्रक चालकहरुद्वारा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन

ओटावा, माघ १७ : क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्।ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै...
ट्रक चालकहरुद्वारा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन

ओटावा, माघ १७ : क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्।

ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन्।  

Hardik ivf

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ। उनीहरु झण्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ। 

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्र्रदर्शनमा हजारौं प्रदर्शनकारी सहभागी भएका छन्। ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन्। प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ। 

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरुले बताएका छन्।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्