Kathmandu Press

बगलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

ढाका, माघ १७ : बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन...
बगलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

ढाका, माघ १७ : बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो।

निर्देशनालयका प्रवक्ता प्रा।डा। नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पारे।    

Hardik ivf

महामारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ।’

१० दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उनको भनाइ छ। 

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनुपर्ने नियम बनाइएको थियो। अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ। बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ। 

निर्देशनालयले पछिल्लो २४ घण्टामा बंगलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ। सोही अवधिमा अरू ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ। यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दाबी छ।   

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र संक्रमितको संख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्