किशोरी बलात्कार आरोपमा भोजपुरबाट युवक पक्राउ
भोजपुर, माघ १७ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ...
भोजपुर, माघ १७ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पदमले ती किशोरीलाई भोजपुर नगरपालिका–७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५९ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












