Kathmandu Press

बाबुकाे हत्या आरोपमा छाेरा पक्राउ

बाबुकाे हत्या आरोपमा छाेरा पक्राउ

कञ्चनपुर, माघ १७ : लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्