Kathmandu Press

युएइमा भएको मिसाइल हमलाको जिम्मेवारी हुथीले लियो 

युएइमा भएको मिसाइल हमलाको जिम्मेवारी हुथीले लियो 

साना, माघ १७ :  यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ।

हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन्। 

आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन्।   

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्