मोरङका दुई फार्ममा देखियाे बर्डफ्लु
विराटनगर, माघ १७ : मोरङका दुई कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा नष्ट गरिएको छ ग्रामथान गाउँपालिका-१ र बुढीगंगा गाउँपालिका-५ का एकएकवटा फार्ममा बर्डफ्लु देखिएपछि...
विराटनगर, माघ १७ : मोरङका दुई कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा नष्ट गरिएको छ।
ग्रामथान गाउँपालिका-१ र बुढीगंगा गाउँपालिका-५ का एकएकवटा फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
बुढीगंगाको फार्ममा पालिएका ५ हजारमध्ये ३५ सय कुखुरा मरेपछि जाँच गर्दा बर्डफ्लू देखिएको थियो।
ती दुवै फार्ममा लेयर्स कुखुरा पालिएका थिए। मोरङकै ग्रामथान-१ मा र कटहरी गाउँपालिका-७ का फार्ममा पनि कुखुरा मरेपछि बर्डफ्लुको आशंका गरिएको छ।
ती स्थानमा बर्डफ्लु देखिएको हो कि होइन भनेर कुखुराको जाँच गर्न बाँकी रहेको जनाइएको छ।
बर्डफ्लु देखिएसँगै कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारीमा स्थानीय प्रशासन रहेको जनाइएको छ।
प्रकाशित मिति: १३:४२ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











