Kathmandu Press

भारतमा चौबिस घण्टामा दुई लाख बढी संक्रमित थपिए 

नयाँदिल्ली, माघ १७ : भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई...
भारतमा चौबिस घण्टामा दुई लाख बढी संक्रमित थपिए 

नयाँदिल्ली, माघ १७ : भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन्।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।

Hardik ivf

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन्। 

पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ। 

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्