Kathmandu Press

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

साओपाओलो, माघ १७ : ब्राजिलमा दुई दिनदेखि भीषण रुपमा बाढी आएको छ।बाढीपहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु...
ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

साओपाओलो, माघ १७ : ब्राजिलमा दुई दिनदेखि भीषण रुपमा बाढी आएको छ।

बाढीपहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौं व्यक्ति विस्थापित भएका छन्। बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो सहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन्, ‘हामी निकै पीडामा छौं कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ।

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताएको छ। उनले भनेका छन्, ‘हामी उद्धारका काममा जुटिरेहका छौं तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ।

करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ। अधिकांश ग्रामीण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ।

मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्