Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको भेटवार्ता

काठमाडौं, माघ १७ : सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र...
बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको भेटवार्ता

काठमाडौं, माघ १७ : सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका हुन्।

बिहान साढे १० बजे प्रचण्ड र माधव नेपाल देउवालाई भेट्न बालुवाटार पुगेका थिए। गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच करिब २ घण्टा छलफल भएको हो। 

भेटमा आसन्न स्थानीय तहको निर्वाचन, एमसीसी र समसामयिक राजनीतिक विषयबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउन पहल थालेपछि गठबन्धन दलका नेताहरुले यसबारेमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन्। 

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्