Kathmandu Press

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं, माघ १७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।     उक्त प्रणालीको...
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं, माघ १७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
    
उक्त प्रणालीको प्रभावले प्रदेश १ वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार प्रदेश १ बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई  प्रदेश १ वाग्गमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १२:२० बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्