एकिकृत समाजवादी पार्टीका नेता डा. दुमनसिंह थापाको निधन
काठमाडौं, माघ १७ : नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गौला रोगबाट ग्रसित उनको...
काठमाडौं, माघ १७ : नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।
मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए। डा थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील थिए ।
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ।
प्रकाशित मिति: ११:१२ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











