Kathmandu Press

रघुराम श्रीनिवास नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा नियुक्त 

काठमाडौं, माघ १७ : भारतका रघुराम श्रीनिवास नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट नियुक्त भएका छन्। ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका  लागि...
रघुराम श्रीनिवास नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा नियुक्त 

काठमाडौं, माघ १७ : भारतका रघुराम श्रीनिवास नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट नियुक्त भएका छन्। 

ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका  लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रुपमा नेपाली टिमसँग जोडिएका हुन् ।

क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके यसअघि अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास फिल्डिङ प्रशिक्षक थिए।

ओमानमा हुने ग्लोबल क्वालीफायरका लागि नेपाली टिमले अहिले बन्द प्रशिक्षण गरिरहेको छ । नेपाली टिमसँग जोडिन श्रीनिवास आइतबार काठमाडौं आइपुगिसकेका छन् ।

प्रकाशित मिति: १०:५० बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्