भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज, माघ १७ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।रुकुम (पश्चिम) को आठविस नगरपालिका–६ का ६५ वर्षीय...
नेपालगञ्ज, माघ १७ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
रुकुम (पश्चिम) को आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।
उनको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उपचारका लागि भेरी अस्पताल भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाको उपचारका लागि आएका चार सय ४१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै, बाँकेका तीन सय ४६ जनाको कोरोनाबाट मृत्यु भएको छ।
प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











