आलटाल नगरी एमसीसी पारित गरौं: डा. भट्टराई
काठमाडौं, माघ १७ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्नुपर्ने...
काठमाडौं, माघ १७ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गर्नुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले एमसीसी पारित गर्न आलटाल गर्न नहुने जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै भनेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं।’
यसबारे सबै मिले जनतालाई बुझाउन पर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘सबै एकमुख भएर जनतालाई बुझाऊॅ।’
उनले एमसीसीको बहानामा पाँच दलीय गठबन्धन टुटाउन नहुनेमा जोड दिएका छन्। डा. भट्टराईले भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्।’
MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!
— Baburam Bhattarai (@brb1954) January 30, 2022











