Kathmandu Press

प्रदेश नं १ मा ४६२ मा सङ्क्रमित थपिए

प्रदेश नं १ मा ४६२ मा सङ्क्रमित थपिए

विराटनगर, माघ १६ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा ६४० जनाको पिसिआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा  मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा तीन, इलाममा दुई, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा एक/एक र प्रदेश बाहिरका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

Hardik ivf

स्थानीय पालिकाअनुसार १३७ स्थानीय पालिकाअन्तर्गत ३९ वट स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ भने मोरङको विराटनगरमा ६३ र सुनसरीको इटहरीमा २४ जनामा कोरोना सङ्क्रमण भएको छ।

प्रदेशमा आजै ३६९ महिला ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर छ हजार २०० छ भने सङ्क्रमणमुक्त दर पनि बढेर गएको बताइएको छ।

प्रकाशित मिति: २०:०४ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्