Kathmandu Press

इजरायलमा ओमिक्रोनको लहर विस्तारै घट्दो

इजरायलमा ओमिक्रोनको लहर विस्तारै घट्दो

जेरुसेलम, माघ १६ : इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले आइतबार देशले अत्यधिक सङ्क्रामक ओमिक्रोन संस्करणको लहरको अन्त्य देख्न थालेको बताएका छन।

बेनेटले आफ्नो मन्त्रीपरिषद्को बैठकमा भने, 'हामी ओमिक्रोन लहर अन्त्य हुने प्रवृत्तिको सुरुवात देख्दैछौं।'

बेनेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे।

Hardik ivf

हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले  बताए।  

इजरायली स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको रिपोर्टमा कोरोनाभाइरस सङ्क्रमण दर महिनौपछि पहिलो पटक एक प्रतिशतभन्दा कम भएको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार यो भाइरसबाट संक्रमित हुने अनुमान गरिएका मानिसहरूको संख्याको प्रतिनिधित्व गर्ने दर (आर नम्बर) जनवरीको मध्यतिर २.१२ पुगेको थियो भने यो आइतबार ०.९५ कायम भएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५ हजार २५८ नयाँ कोरोनभाइरस सङ्क्रमित भेटिएको पुष्टि गरेको छ।

कूल ९४ लाख ५० जनसंख्या रहेको मुलुकमा अहिलेसम्म २७ लाख ५५ हजार जनामा कोभिड सङ्क्रमण भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ।

इजरायलमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा थप एक वृद्धि हुँदा कूल मृत्यु हुनेको सङ्ख्या आठ हजार ६५८ पुगेको छ भने गम्भीर अवस्थामा रहेका कोभिड–१९ बिरामीको संख्या एक हजार १० पुगेको छ।

प्रकाशित मिति: १९:५१ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्