Kathmandu Press

काठमाडौं उपत्यकामा थप १,७७८ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १६ : काठमाडौं उपत्यकामा एकै दिन १ हजार ७७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...
काठमाडौं उपत्यकामा थप १,७७८ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १६ : काठमाडौं उपत्यकामा एकै दिन १ हजार ७७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै १ हजार २३२ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ३७९ र १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

शनिबार देशभर ३ हजार ५४० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५० हजार ८११ पुगेको छ। तीमध्ये काठमाडौंमा ३५ हजार १५९, ललितपुरमा १० हजार ७० र भक्तपुरमा ५ हजार ५८२ जना छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ पुगेको छ।

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्