ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर प्रशासनमा उजुरी
काठमाडौं, माघ १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर प्रशासनमा उजुरी परेको छ । भक्तपुरका अभिजित अधिकारीले एमाले अध्यक्ष...
काठमाडौं, माघ १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर प्रशासनमा उजुरी परेको छ ।
भक्तपुरका अभिजित अधिकारीले एमाले अध्यक्ष ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका हुन्।
ओली आफू संक्रमित हुँदाहुँदै युवासंघले आयोजना गरेको कार्यक्रममा सहभागी भई कोरोना संक्रमण फैलाएको भन्दै उनीविरुद्ध कारवाहीको माग गर्दै उजुरी परेको हो।
‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन्।

उजुरी परेपनि ओलीलाई कारवाही गर्ने नगर्नेबारे भने प्रशासन मौन देखिएको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले यसबारेमा आफूलाई थाहा नभएको बताइन्। ओलीविरुद्ध उजुरी परेको रहेछ, प्रशासनले के गर्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘के गर्छ के गर्छ, म अहिले बाहिर छु, पछि कुरा गरौंला ।’











