Kathmandu Press

शेयर बजारमा उछाल, १०५ अंकले बढ्यो परिसूचक 

काठमाडौं, माघ १६ : नेपाल स्टक एक्सचेञ्ज (नेप्सें)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से १०५.५५ अंकले बढेर...
शेयर बजारमा उछाल, १०५ अंकले बढ्यो परिसूचक 

काठमाडौं, माघ १६ : नेपाल स्टक एक्सचेञ्ज (नेप्सें)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । 

आज नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।  आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । 

शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।   

  
 

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्