अप्रेसन लिमा : डेढ करोड मूल्यबराबरको २९६ कार्टुन अवैध रक्सीसहित चार पक्राउ
काठमाडौं, माघ १४ : भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणको रक्सीसहित चारजना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट चोरीछिपाई...
काठमाडौं, माघ १४ : भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणको रक्सीसहित चारजना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट चोरीछिपाई भित्र्याइएको २९६ कार्टुन रक्सीसहित चार जनालाई पक्राउ गरेको हो।
भन्सार छली गरी ल्याइएका विदेशी रक्सी सस्तो मूल्यमा बिक्री हुँदै आएको भन्ने सूचना पाएपछि महाशाखाले अपरेसन लिमा सञ्चालन गरेको थियो । अपरेसनबाट नेपालमा महंगो मूल्यका रक्सीहरु भारतीयसँगको मिलेमतोमा भन्सार छली गरी नेपाल ल्याउने र सस्तो मूल्यमा बिक्री गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो।
पर्साको गादी घर भई बुढानीलकण्ठ बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, पर्साकै सुवर्णपुर घर भई काठमाडौंको हांडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन, सर्लाहीको बरहथवा घर भई चावाहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद मिश्र र काठमाडौं कागेश्वरी मनहरा नगरापालिका–३० वर्षीय शैलेस पन्तलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।
महाशाखाका अनुसार मुख्य योजनाकारमा रवी भनिने भारतीय नागरिक र सन्तोष बख्रेल रहेका छन्। उनीहरुले विगत तीन महिनादेखि नै अवैध रुपमा रक्सीको व्यापार गर्दै आएका पाइएको छ।

उनीहरुले भारतबाट रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, चिभास लगायतका रक्सी चारीछिपाई नेपाल भित्र्याएपछि बख्रेलले इन्फिनिटी लिक्योर मुलपानीका सञ्चालक शैलेस पन्तसँग मिलेर काम गरेको अनुसन्धानबाट खुलेको छ। पहिलोपटका १६० कार्टुन, दोसो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन रक्स अवैध रुपमा ल्याएको पनि प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले बरामद गरेको अवैध रक्सीको मूल्य करिब डेढ करोड पर्ने प्रहरीले जानकारी दिएको छ।











