Kathmandu Press

मन्त्रालय मातहतकाे कुनै पनि सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिइँदैन : शिक्षामन्त्री पौडेल

काठमाडौं, माघ १६ : शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयमातहतका कुनै पनि सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने स्पष्ट पा।रेका छन्।आज (आइतबर) केशर महलको निरीक्षण...
मन्त्रालय मातहतकाे कुनै पनि सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिइँदैन : शिक्षामन्त्री पौडेल

काठमाडौं, माघ १६ : शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयमातहतका कुनै पनि सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने स्पष्ट पारेका छन्।

आज (आइतबर) केशर महलको निरीक्षण गर्दै उनले नियमविपरीत सरकारी संरचना निजी क्षेत्रलाई प्रयोग गर्न दिइएको पाइए कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिए।

सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न दिन खोजिएको समाचार आएपछि आफ्नो ध्यानाकर्षण भएको बताए। त्यसकारण केशर महलको निरीक्षणका लागि आएको उनले जानकारी दिए।

‘मन्त्रालयमातहतका निकायहरूले निजी क्षेत्रलाई केशरमहलबाहिरपट्टिको जमिन दिन खोजेको भन्ने समाचारले हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘कुनै प्रकारका निजी क्षेत्रलाई मन्त्रालय मातहतको भौतिक सम्पत्ति प्रयोग गर्न दिइनेछैन।’

‘भुकम्पले भत्किएको ऐतिहासिक स्थान केशरमहलको भवन बन्ने प्रक्रिया रहेको उनले जानकारी दिए। ‘यहाँका भौतिक वस्तुहरु खासगरी पुरातत्वसँग सम्बन्धित छ। तिनको सुरक्षा र संरक्षण तथा पुराना पुस्तकहरू जोगाउने जिम्मेवारी मन्त्रालयको हो,’ उनले भने। केशरमहल ६ महिनाभित्र पुनर्निर्माण भइसक्ने उनले बताए।

उनले कन्ट्रयाक्टरलाई काम छिटो सकाउन र प्रशासनिक वा बजेट आवश्यक परे मन्त्रालयलाई खबर गर्न पनि निर्देशन दिए। ३४ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको केशरमहलको गार्डेन अफ ड्रिम आठ रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्