राष्ट्रियसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित
काठमाडौं, माघ १६ : राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) का लागि डाकिएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज...
काठमाडौं, माघ १६ : राष्ट्रिय सभाको सोमबार (माघ १७ गते) का लागि डाकिएको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज (आइतबार) एक सूचना जारी गर्दै सोमबारका लागि तय भएको बैठक अर्को सूचना जारी नभएसममका लागि स्थगित भएको जानकारी दिएका छन्।
यसअघि जारी गरिएको सूचनाअनुसार राष्ट्रियसभाको बैठक माघ १७ गते दिनको १ बजे बस्ने तय भएको थियो। त्यसअघि पनि पटकपटक बैठक स्थगित भएको थियो।
कोरोना संक्रमण बढ्दै गएकाले संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: १४:३५ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











