Kathmandu Press

विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

ओटावा, माघ १६ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धका बाबजुद राजधानी सहरमा रहेको आफ्नो घर छाडेको  क्यानाडाली सञ्चार माध्यमले जनाएका...
विरोधका बीच क्यानडाका प्रधानमन्त्री ओटावाबाट अन्यत्र प्रस्थान

ओटावा, माघ १६ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले कोरोनाभाइरस प्रतिबन्धका बाबजुद राजधानी सहरमा रहेको आफ्नो घर छाडेको  क्यानाडाली सञ्चार माध्यमले जनाएका छन्।

ट्रुडो र उनको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको थियो। सीबीसीले शनिबार जनाएअनुसार ट्रुडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रिटमा भेला भइरहेका थिए।

Hardik ivf

यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड–१९ नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए। 

सिबिसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्