Kathmandu Press

अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

वासिङ्टन, माघ १६ : संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ।यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन्। प्राप्त पछिल्लो...
अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

वासिङ्टन, माघ १६ : संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ।

यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन्। प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ। बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो। तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ। पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन्। अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ। अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ।

यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ। विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्