Kathmandu Press

भारतमा कोरोनाबाट थप दुई लाख ३४ हजार संक्रमित

नयाँ दिल्ली, माघ १६ : भारतमा कोरोनाभाइरसबाट थप २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३४ हजार २८१...
भारतमा कोरोनाबाट थप दुई लाख ३४ हजार संक्रमित

नयाँ दिल्ली, माघ १६ : भारतमा कोरोनाभाइरसबाट थप २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ।   

Hardik ivf

सोही अवधिमा कोरोना  सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ। अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल ४ लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।  

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ। केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ।

सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ। 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ। 

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्