Kathmandu Press

सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौं : प्रदेश प्रमुख

कर्णाली, माघ १६ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने...
सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौं : प्रदेश प्रमुख

कर्णाली, माघ १६ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताएका छन्। 

‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गरेका हुन्। सन्देशमा उनले भनेका छन्, ‘हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।’ 

सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उनले विश्वास व्यक्त  गरे । 

प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिएका छन्। 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्