मेनपावर र एजेन्टलाई मन्त्री श्रेष्ठको अपिल – दु:ख पाएका नेपालीलाई तत्काल फिर्ता गर
काठमाडौं, माघ १६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय किसानकुमार श्रेष्ठले विभिन्न प्रलोभनमा परि विदेश पुगेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन मेनपावर र एजेन्टलाई...
काठमाडौं, माघ १६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय किसानकुमार श्रेष्ठले विभिन्न प्रलोभनमा परि विदेश पुगेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन मेनपावर र एजेन्टलाई आग्रह गरेका छन्।
आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले विभिन्न मेनपावर र एजेन्टहरुले प्रलोभन देखाएर विदेश पुर्याउने र त्यहाँ पुगेपछि अलपत्र पर्ने गरेको गुनासाहरु व्यापक आएको भन्दै अलपत्र परेकाहरुलाई तत्काल फिर्ता पठाउन अपिल गरेका छन्।
‘अलपत्र परेका नागरिकहरलाई स–सम्मान फिर्ता गर्न र उनीहरुले तिरेका पैसासमेत फिर्ता गर्न मन्त्रालयका तर्फबाट म उहाँहरुसँग हार्दिक अपिल गर्दछु,’ मन्त्री श्रेष्ठले भने।
उनले वैदेशीक रोजगारसम्बन्धी गुनासो टिपाउन मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको जानकारी दिएका छन् ।कल सेन्टरलाई व्यवस्थित बनाउनका लागि २४ घण्टा सेवा दिने ढंगबाट काम गर्ने तयारी भएको बताए। त्यसका लागि सिफ्टमा कर्मचारी खटाउने र मन्त्रालयबाटै निगरानी गर्ने व्यवस्था गर्ने उनले बताए।











