Kathmandu Press

बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार 

काठमाडौं, माघ १६ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख पुरस्कार दिइने भएको छ। मूर्ति हराएको एक साता बितिसक्दा पनि...
बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार 

काठमाडौं, माघ १६ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख पुरस्कार दिइने भएको छ। 

मूर्ति हराएको एक साता बितिसक्दा पनि नभेटिएपछि गूठीले मूर्तिबारे सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको हो। 

चोरी भएको मूर्ति खोज्नका लागि प्रहरी पनि प्रयासरत छ। तर मूर्ति नभेटिएपछि जनस्तरबाट पनि खोजी कार्य गर्नका लागि प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको बालकुमारी भवानी गुठिले जारी गरको विज्ञप्तिमा उल्लेख छ। 

मूर्तिबारे केही जानकारी प्राप्त भए ९८८१२१७७८६ नम्बरमा सम्र्पक गर्न अनुरोध गरिएको छ। 

मूर्ति गत आइतबार चोरी भएको थियो ।

May be an image of text

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्