Kathmandu Press

सहिद दिवस मनाइयो, प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले सहिदकै कारण देशमा यति ठूलो राजनीतिक परिवर्तन आएको बताए।
सहिद दिवस मनाइयो, प्रधानमन्त्रीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरू)

काठमाडौं, माघ १६ : सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरि मनाइएको छ। स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गरेका थिए । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । 

सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कार्यपालिकाहरुसहित जनप्रतिनिधिहरु सहभागी थिए। 

कोभिड संक्रमणका कारण यस बर्ष तोकिएका सीमित व्यक्तिहरुका विच मात्र कार्यक्रम गरिएको थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले, देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा सहिद भएको बताए। 

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्