Kathmandu Press

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

किभ, माघ १६ : युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंबीच फोन वार्ता भएको छ। उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले...
युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

किभ, माघ १६ : युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंबीच फोन वार्ता भएको छ। उनीहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ। समाचारमा जनाइएअनुसार उनीहरुका बीचमा खासगरी पूर्वी युक्रेनमा रुसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ।

पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ। यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन्।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाइको खण्डन गरेका छन्। उनले युक्रेनमा हमला गर्ने योजना नरहेको बताएका छन्।

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्